विराटनगर — वाशु शशी स्मृति परिषद्का अध्यक्ष तथा उम्दा स्रष्टा गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा निधन भएको हो।
दिवंगत रसिक नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रका एक सम्मानित व्यक्तित्व थिए। लामो समयदेखि सर्जक, समालोचक र संस्थापक अभियन्ताको रूपमा सक्रिय रहँदै आएका रसिकको निधनप्रति साहित्यिक क्षेत्रले गहिरो शोक व्यक्त गरेको छ।
अन्तिम संस्कार अगाडि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृह परिसरमा अन्तिम दर्शन गर्न सकिने उक्त परिषद्ले जनाएको छ । भावपूर्ण बिदाइ तथा श्रद्धाञ्जलीका लागि नातागोता, छरछिमेक, गाउँले तथा शुभचिन्तकहरूलाई उपस्थित हुन परिवारजनले आग्रह गरेका छन्।
भावपूर्ण श्रद्धाञ्जली !
#गणेश #रसिक
साहित्य/कला
थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददाताबाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै
द नेप्लिज संवाददाताबकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो
द नेप्लिज संवाददाताआरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares