काठमाडौं– बुधबार साँझ काठमाडौं–११ थापाथली चेस पार्क नजिकबाट २ किलोग्राम गाँजा जस्तो पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय बिन्दे यादव, २१ वर्षीय उज्जल महरा र ३५ वर्षीय रोशन महर्जन हुन् ।
यसै दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट ३ जनालाई प्रहरीले सय ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसमा २५ वर्षीय निकेश सापकोटा, २० वर्षीय विश्वास श्रेष्ठ र २८ वर्षीय आयुष अर्याल सामेल छन् । प्रहरी बिट गागलफेदीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ सब्जीमण्डी नजिकबाट ३० वर्षीय सुदिप पाण्डे ३ सय २० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् । घोराही वडा प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अर्कोतर्फ मोरङको विराटनगरबाट ५ जनालाई अवैध लागूऔषध सहित पक्राउ गरिएको छ । ३२ वर्षीय प्रेम बहादुर तामाङ र ३१ वर्षीय संदिप कडुवाल भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा १० ग्राम ३० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् । यसैगरी ३५ वर्षीय राजकुमार राईलाई ५ ग्राम हेरोइन सहित पक्राउ गरिएको छ ।
बर्दिया र सुनसरीमा पनि लागूऔषध नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ । बर्दियाबाट २ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । सुनसरीमा ३ सय ९७ ट्याब्लेट ट्रामाडोल सहित २ जनालाई पक्राउ गरिएको छ ।
धनकुटामा १ सय ५ किलोग्राम गाँजा सहित एक अटो टेम्पो चालकलाई पक्राउ गरिएको छ । प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका–१ स्थित अटो टेम्पो जाँच गर्दा उक्त गाँजा बरामद गरेको हो ।
यस घटनाहरूका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । थप कानूनी प्रक्रिया जारी छ । यो ठूलो सफलता लागूऔषध नियन्त्रणका क्षेत्रमा प्रहरीको कडा प्रयास र समर्पणलाई दर्शाउँछ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares