काठमाडौँ — आकर्षक तलबको सपना देखाउँदै गैरकानुनी तरिकाले कोरिया पठाइदिने आश्वासन दिएर रकम ठगी गर्ने कार्यमा संलग्न मोरङकी एक महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगारीमा देखिएको यो पछिल्लो ठगी प्रकरणले नेपालमा जरा गाडेर बसेको दलाल नेटवर्कको सक्रियता र सरकारको नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ स्थायी घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौं–१२ बाट पक्राउ गरेको हो। उनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ३ लाख ४० हजार रुपैयाँ असुलेकी थिइन्। रकम लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
के भन्यो प्रहरी र विभागले?
प्रहरीका अनुसार पीडितको लिखित उजुरीपछि अनुसन्धान टोली खटाइएको थियो। प्रारम्भिक बयानमा कार्कीले आफूले अरू व्यक्तिको सल्लाहमा यस्तो कार्य गरेको बताएको प्रहरी स्रोत बताउँछ। तर उनको पछाडि दलालको ठूलो जालो हुनसक्ने आशंका प्रहरीले गरेको छ। हाल उनलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ र थप अनुसन्धान जारी रहेको विभाग स्रोतको भनाइ छ।
कोरिया जान चाहने नेपालीहरूको भीड, ईपीएस प्रक्रिया र दलालको फाइदा
नेपाल सरकार र दक्षिण कोरियाबीचको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारहरू कोरियाली कम्पनीमा वैधानिक रूपमा पठाइन्छन्। तर ईपीएसको कोटा सीमित हुनु, भाषा परीक्षा पास गर्नुपर्ने र प्रक्रिया लामो तथा जटिल देखिएकाले धेरै युवाहरू छिटो विदेश पुग्न दलालको भर पर्छन्।
यस्तै कमजोरीको फाइदा उठाउँदै केही व्यक्तिहरू ईपीएस प्रणालीबाहिरै गैरकानुनी बाटो देखाएर ठगी गर्छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ईपीएस प्रणाली बाहिर कोरिया पठाइदिन्छु भन्दै ठगिने घटनाहरूमा उल्लेख्य वृद्धि भएको छ।
‘अब त ठगिनु हुन्न’ भन्ने चेतना अझै पुगेको छैन
सामाजिक सञ्जालदेखि गाउँगाउँसम्म दलालहरूले ईपीएस बाहेकका वैदेशिक रोजगारीका झूटा प्रस्ताव बोकेर सर्वसाधारणलाई झुक्याउने गरेका छन्। विज्ञहरूले भन्छन्, ‘सरकारी अभियानको पहुँच सीमित हुँदा ग्रामीण भेगका मानिस अझै भरपर्दो सूचनाबाट वञ्चित छन्।’ उनीहरुका अनुसार यस्ता घटनाहरू सतहमा आउँछन्, तर धेरैजसो गुपचुप सहमति, डर र प्रक्रियागत झमेलाका कारण उजुरीसम्म पुग्दैनन् ।
कानुनी कारवाही र सुधारको माग
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार बिना अनुमति विदेश पठाउने वा रकम असुल्ने कार्य गैरकानुनी हो। दोषीलाई ७ वर्षसम्म कैद र दोगुना जरिवाना हुने व्यवस्था छ। तर व्यवहारमा राजनीतिक संरक्षण, प्रशासनिक कमजोरी र पीडितको न्यायसम्म पुग्ने क्षमता कमजोर हुने गरेकाले यस्ता दलालहरू सजिलै जोगिन्छन्। मानवअधिकारकर्मीहरुका अनुसार जबसम्म दलालहरूमाथि उदाहरणीय कारबाही हुँदैन, त्यतिबेलासम्म नेपाली युवाहरूको सपना यस्तै बेइमानीका हातमा परिरहन्छ ।
युएई रोजगारीको प्रलोभन देखाइ चार जनाबाट ६ लाख ठग्ने युवक पक्राउ
वैदेशिक रोजगारीका लागि युएई पठाइदिने भन्दै युवायुवतीलाई झुक्याएर ठगी गर्ने एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका–६ घर भइ हाल काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्दै आएका २९ वर्षीय उमेश गुरुङ रहेका छन्। उनले आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई युएई रोजगारीको आश्वासन दिएर लामो समयसम्म झुक्याउँदै आएका थिए।
पीडितहरूलाई वैदेशिक रोजगारीमा पठाउने तयारी भन्दै विश्वास दिलाए पनि गुरुङले अन्ततः विदेश नपठाइ सम्पर्कविहीन भएका थिए। पीडितहरूले उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो।
अनुसन्धानमा उनले चार जनाबाट गरी ६ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
अर्थ/वाणिज्य
हिमनदीको काखमा बनेको गंगापूर्ण ताल
द नेप्लिज संवाददाता६ सय ६१ उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस, तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने
द नेप्लिज संवाददातावैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन पक्राउ
द नेप्लिज संवाददातामकालु हिमाल आरोहणका क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु
द नेप्लिज संवाददाताभारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर यात्रा पुनः सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares