९ भदौ २०८२, मङ्गलबार 26 Aug 2025, Tuesday

काेशराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार काेइरालालाई

द नेप्लिज संवाददाता
६ भदौ २०८२, शनिबार

विराटनगर- पिताम्बर-खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेकाे काेशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ बाट न्यूज २४ दैनिकका सम्पादक तिर्थ काेइरालालाई पुरस्कृत गरिएकाे छ ।

काेशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले २५ हजार राशीकाे उक्त पुरस्कार शनिबार काेइरालालाई हस्तान्तरण गरेका छन् ।

सभामुख बिष्टले आमसञ्चार प्रतिष्ठान सम्बन्धि विधेयकमा पत्रकारहरूले उठाएकाे विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ माेरङले आयाेजना गरेकाे पुरस्कार हस्तान्तरण कार्यक्रममा प्राध्यापक कृष्ण पाेखरेल, प्रतिष्ठानका कार्यबाहक अध्यक्ष कविराज न्याैपानेलगायत सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे । पत्रकार महासंघ माेरङ अध्यक्ष सुशिला पाठकले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद् ज्ञापन गरेकी थिइन् ।

प्रकाशित : ६ भदौ २०८२, शनिबार 10:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved