विराटनगर — मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ की २० वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ।
खातुनले विभिन्न प्रलोभन देखाइ एक महिलालाई भारतको बिहार, रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा संलग्न गराएको उजुरीपछि इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पीडितलाई पनि उद्धार गरेको जनाएको छ।
आलियामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares