विराटनगर– कसैको नागरिकता भेटेमा के गर्छौँ ? चिन्छौँ भन्ने सम्बन्धित व्यक्तिलाई र अपरिचित भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउँछौँ । तर सप्तरीमा अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज–१२ का २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनीहरु राजविराज–५ मा बस्छन् । उनीहरूले २०८० को असारमा एक जनाको नागरिकता भेटेका थिए । प्रहरीका अनुसार दुवै जनाले नागरिकताको दुरुपयोग गरी ठग्ने योजना बनाए ।
आरोपितमध्ये अरुणको फोटो टाँसेर दुवैले मिलेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुले पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नागरिकतासम्बन्धी कसुर एवं ठगीमा जाहेरी परेको उनीहरु विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले असुन्धानको यो पहिलो चरणमा कीर्तेमा मुद्दा अगाडि बढाएको बताए । जाहेरीवाला पक्षले नागरिकता र नक्कली सिम प्रयोग गरेर आफ्नो नाउँमा लाखौं ठगी गरेको भनेका हुनाले सम्बद्ध बैंक र नेपाल टेलिकमसँग विवरण मागेको उनले बताए । ‘प्राप्त विवरण पछिको अनुसन्धानबाट निस्कने तथ्यलाई हामी जनचेतनाको हिसाबले पछि फेरि सार्वजनिक गर्छौँ,’ एसपी खतिवडाले द नेप्लिज डट कमसँग भने ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares