काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १४ मा माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागी भएका एक अमेरिकी नागरिकलाई नेपाल सरकारले देशनिकाला (डिपोर्ट) गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्णयसँगै ५८ वर्षीय जुलियन क्रिपाल ब्लिसलाई अध्यागमन विभागले डिपोर्ट प्रक्रिया अघि बढाएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा ब्लिस पक्राउ परेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको थियो ।
अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार ब्लिसमाथि प्रारम्भिक अनुसन्धानपछि प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको थियो । ‘आइतबार गृह मन्त्रालयबाट पनि निर्णय आयो, अब उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने ।
ढकालका अनुसार ब्लिसलाई आगामी दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । अनुसन्धानका क्रममा ब्लिसले आफू राजनीतिक उद्देश्यले प्रदर्शनमा सहभागी नभएको बयान दिएका छन् । ‘उहाँले आफू गाईको रक्षा, महिला तथा बालबालिकाको संरक्षणको अभियानमा संलग्न भएको बताउनु भएको छ,’ उनले भने, ‘प्रदर्शनमा जानु संयोग मात्र भएको र कसैले प्लेकार्ड थमाएपछि आफू त्यहाँ पुगेको उहाँले बताएका छन् ।’
अध्यागमन विभागले ब्लिसको भिसा विवरणसमेत सार्वजनिक गरेको छ । उनका अनुसार ब्लिस २०२५ जनवरी १८ मा नेपाल आएका थिए । प्रारम्भिक १५ दिनको भिसा अवधि सकिएपछि फेब्रुअरी ३ मा भिसा समाप्त भएको थियो । पछि फेब्रुअरी १९ देखि मार्च २४ सम्मका लागि ३४ दिनको भिसा अवधि थप गरिएको फेला परेको छ । सरकारले विदेशी नागरिकहरू नेपालमा बस्दा भिसाको म्याद, गतिविधि र कानुनी दायित्वको पालना गर्नुपर्ने स्पष्ट गरेको छ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares