काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पछि उनलाई अदालतमा पेश गरी डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्न रहेका योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतले उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २० हजार रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको थियो । यसअघि, उच्च अदालतले २२ माघमा जिल्ला अदालतको फैसला सदर गर्दै दोषीहरूलाई कैद सजाय कायम राख्ने निर्णय गरेको थियो । तर, क्षतिपूर्तिको रकम २८ लाख रुपैयाँबाट घटाएर २४ लाख रुपैयाँ तोकिएको थियो ।
उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझा भने निर्दोष ठहरिएका थिए । उनलाई सफाइ दिने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले समेत सदर गरेको छ । २०७७ सालमा त्रिवि परिसरमै उपप्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो । उक्त घटनाका मुख्य योजनाकार हरिप्रसाद आचार्य फरार भएर अमेरिका पुगेका छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलियामा छन् । रावल पनि लामो समयदेखि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गरिएको हो । उनी आफूलाई त्रिभुवन विश्वविद्यालय नेविसंघका विद्यार्थी नेताका रूपमा चिनाउँदै आएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares