काठमाडौं– ज्ञानेन्द्र शाहको सुरक्षाकर्मीमा कटौती गरिएको छ । सशस्त्र प्रहरीले राति साढे ११ बजे राजा रहिसकेका शाहका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।
डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमा १० जनालाई हटाएर १५ जना कायम गरिएको छ । ‘केही दिनमा अर्को निर्णय हुने छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने ।
सरकारले पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइएका सबै सुविधालाई कटौती गर्ने तयारी गरिरहेको बेला सशस्त्र प्रहरीको टोली घटाइएको हो । नारायणहिटी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ ।
पूर्वराजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो । निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी एवं स्थानीय निवास हो ।
पूर्वराजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो । त्यस्तै इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ । तीमध्ये सशस्त्र प्रहरी बलका २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए ।
परिवारका सदस्यहरूको सुरक्षाका लागि खटाइएको टोली पनि फिर्ता गरिएको छ । ‘परिवारका सदस्यलाई दिइएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुने छन्,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो । तर सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएको जानकारी दिएका छन् । उनले कार्यविधि अनुसार सुरक्षाकर्मी खटाइएको बताए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares