२३ वैशाख २०८२, मङ्गलबार 06 May 2025, Tuesday

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया टुंग्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ । सोमबार सिंहदरबारमा सम्पन्न उच्चस्तरीय छलफलपछि आयोग गठन प्रक्रियाका लागि सर्च कमिटी बनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार एवं एमाले नेता अग्नि खरेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएका छन् ।  खरेलले भने, ‘आयोग गठन गर्ने विषयमा सहमति भएको छ । अध्यक्ष तथा सदस्य सिफारिसका लागि सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउनेछ ।’ उनले अब बाँकी प्रक्रिया छिट्टै अघि बढ्ने जानकारी दिए ।

सहमतिको आधारमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया अगाडि बढाइनेछ । छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल सहभागी थिए ।

यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोगका पदाधिकारी सिफारिस गर्न सकेको थिएन । त्यसपछि प्रक्रिया अन्योलमा परेको थियो। मिश्र नेतृत्वको समितिले आवश्यक निर्णय गर्न नसकेपछि सरकारले नयाँ सर्च कमिटी गठन गरी प्रक्रिया पुनः सुरुवात गर्न लागेको हो । सरकारले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन आवश्यक कानुनी सुधार र सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिने जनाएको छ ।
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 18:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved