बिराटनगर– झापा र मोरङबाट लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर–१५ मा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री बेलबारी–११ का २७ वर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ वर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामार्इ–४ का २५ वर्षीय सुरज ताजपुरीया, २६ वर्षीय बिक्रम चौधरी र २६ वर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ भने प्रतिबन्धित लागूऔषध पियूवोन स्पास प्लस २८८ ट्याब्लेटसहित बुढीगंगा–५ का २७ वर्षीय मोहम्मद नवाफलाई इलाका प्रहरी कार्यालय नेमुवाले र झापाको भद्रपुर नगरपालिका–५ स्थित लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित मेचिनगर नगरपालिका–१० का २६ वर्षीय प्रकाश यादव र ३२ वर्षीय साकिर महमदलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares