विराटनगर– नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी ५२ औँ स्थापना दिवस मनाउने घोषणा गरेको छ ।
एनसीडिए मोरङ शाखाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने जानकारी गराएको हो ।
संघले स्थापना दिवसको अवसरमा उपाध्यक्ष जितुकुमार रजक र सह कोषाध्यक्ष राजकुमार यादवको संयोजकत्वमा पहिलो दिन असार ४ गते विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गर्ने कार्यक्रम तय गरेको छ । संघका महासचिव अरुण कुमार ठाकुर ब्राह्मणको संयोजकत्वमा दोस्रो दिन असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागूऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीको संयोजकत्वमा तेस्रो दिन असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागूपदार्थ परीक्षण किट हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको हो । संघकी सचिव सरिता श्रेष्ठ चौधरीको संयोजकत्वमा चौँथो दिन असार ७ गते विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम गर्ने जनाएको छ ।
यस्तै, पाँचौ दिन असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान, कोषाध्यक्ष मनोज कुमार मण्डल र थोक सदस्य राजेश मण्डलको संयोजकत्वमा छैँठो दिन असार ९ गते विराटनगरस्थित हस्पिटल चोकमा रक्तदान कार्यक्रम आयोजना गर्नेछ ।
अन्तिम दिन असार १० गते स्थापना दिवसका दिन बिहान ७ बजे हस्पिटल चोकदेखि संघको भवनसम्म प्रभातफेरी, बिहान ९ बजे झण्डोत्तोलन, स्थापना दिवसको औपचारिक कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रमसहित दिवसको समापन हुने संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले बताएका छन् ।
अध्यक्ष ढकालले सप्ताहव्यापी कार्यक्रममार्फत औषधी व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत पार्दै समाजप्रति योगदान पुर्याउने लक्ष्य रहेको स्पष्ट पारेका हुन् ।
२०३० सालमा स्थापित संघले औषधी व्यवसायको प्रवर्द्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको उनले बताए । ‘हरेक वर्ष असार १० गते मनाइने हाम्रो स्थापना दिवसलाई यस पटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छौं,’ अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा भने, ‘हामी केवल व्यापारिक गतिविधिमा मात्र सीमित नरहेर समुदायिक स्वास्थ्य सेवा र सामाज कल्याणमा योगदान पुर्याउने उद्देश्य लिएका छौं ।’
स्वास्थ्य
सात जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले सतर्कता बढायो
पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला
द नेप्लिज संवाददाताटाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताअस्वच्छ खानाबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय रोग
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares