विराटनगर– अमेरिकी सहयोग नियोग युएसएडका नेपालमा सञ्चालन गर्न लागिएका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांक सम्बन्धी चार कार्यक्रम रोकिएको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार डिजाइनको क्रममा रहेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा सम्बन्धी तीन कार्यक्रम पनि रोकिएको छ । डिजाइनको क्रममा रहेका कार्यक्रमहरुका लागि संझौता नभएकोले कुनै सहयोग प्राप्त नभएको अर्थमन्त्रालयले प्रष्टयाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी, २०२५ मा कार्यकारी आदेश जारी गरेपछि युएसएडका सबै कार्यक्रम तीन महिनाको लागि रोकिएका छन् । नेपालको आर्थिक, सामाजिक एवं पूर्वाधार विकासमा अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकाले नेपालमा सन् १९५१ देखि युएसएडमार्फत् अनुदान सहायतामा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares