विराटनगर – महोत्तरीको बर्दिबास–३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्रामसहित सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ का ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, टोखामा डेरा गरी बस्ने मगरबारे प्रहरीले गोप्य सूचना पाएपछि निगरानी बढाएको थियो। पूर्वसूचनाका आधारमा बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गरेको थियो।
ट्रकको माथि टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाइ ल्याइएको उक्त परिमाणको गाँजा प्रहरीले फेला पारेको थियो। मिनिट्रकसहित चालक सलिनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares