काठमाडौँ – वैदेशिक रोजगारीका नाममा रकम ठगी गर्ने दुई फरक घटनामा ६ जना पक्राउ परेका छन् । यसमा पाँच बंगलादेशी नागरिक र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रथम घटनामा बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै विभिन्न देशहरूमा वैदेशिक रोजगारको लागि पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बंगलादेशी नागरिकहरु नै पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहम्मद मोस्ताफिजुर रहमान, ४१ वर्षीय मुहम्मद फारहद हुसेन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हनीफ, ४७ वर्षीय मिल्टन शहाबाद हुसेन र ४० वर्षीय अजिम मोलिक रहेका छन् ।
यस घटनामा उनीहरूले बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाइ अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया जस्ता मुलुकमा पठाउने भनी प्रति व्यक्तिबाट ३ हजार ५ सय अमेरिकी डलरको दरमा रकम असुलेका थिए । १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकी डलर असुलेर उनीहरू सम्पर्कविहीन भएका थिए ।
प्रहरीको उजुरीको आधारमा उनीहरूलाई काठमाडौँ–९ स्थित सिनामंगलको शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट १९ थान राहदानी, ४ थान मोबाइल, ९ हजार ८ सय ५० अमेरिकी डलर, ३९ हजार ९ सय ५ बंगाली टाका र २५ हजार नेरु बरामद गरिएको छ ।
दोस्रो घटनामा अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौँ–१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ का २२ वर्षीय अनिल देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । देवकोटाले दुई पीडितहरूबाट ६ लाख नेरु लिइ सम्पर्कविहीन भएका थिए । उजुरीका आधारमा उनलाई काठमाडौँ–११ बबरमहलबाट पक्राउ गरिएको हो । प्रहरीले यी घटनामा संलग्नहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares