काठमाडौ— राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ मा गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ’पृथ्वीपथको आवश्यकताः प्रबुद्ध वर्गको सोच’ विषयक कार्यक्रममा बोल्दै उनले गणतन्त्रको अन्त्य र राजतन्त्रको पुनःस्थापनाको घोषणा गरे ।
गुरुङले भने, ‘गणतन्त्रको घोषणा जेठ १५ मा भएको हो । त्यसैले यसको अन्त्य पनि ०८२ सालको जेठ १५ गते हुनेछ ।’ उनले गणतन्त्रको आगमन र अन्त्य दुवै एकै मितिमा हुने विश्वास व्यक्त गरे । आन्दोलनको रणनीति र कार्ययोजना अर्को कार्यक्रममा सार्वजनिक गर्ने जानकारी पनि उनले दिए ।
गुरुङले ’पृथ्वीपथ’लाई राजसंस्थाको मूल दर्शनको प्रतीकको रूपमा प्रस्तुत गर्दै राज्य सञ्चालनको दायित्व राजाको भएको र नागरिकले राजालाई सचेत गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पृथ्वीपथलाई रैथाने पथको रूपमा व्याख्या गरे ।
यसअघि, चैत २७ मा काठमाडौँको शंखपार्कमा आयोजित ’प्रतिवद्धता सभा’मा गुरुङले विभिन्न राजावादी शक्तिहरूलाई एकत्रित गर्ने प्रयास गरेका थिए । उक्त कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कार्यक्रममा अनुपस्थित रहे । गणतन्त्रको स्थापनापछि नेपालमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै विभिन्न समूहहरू सक्रिय छन् । गुरुङको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिले आगामी आन्दोलनका लागि तयारी गरिरहेको छ । उनले आगामी जेठ १५ सम्म आन्दोलन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares