विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा बुधबार यादवले आफ्नो संगठनले विद्यार्थीहरूको अधिकारका लागि सधैँ लड्दै आएकोले चुनाव जित्ने दाबी गरको हुन् । ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्,’ उनले दाबीको साथ भने, ‘हामी विद्यार्थीहरूको आवाज हौं । विगतमा पनि हामीले विद्यार्थीहरूको शैक्षिक, प्राज्ञिक र भौतिक समस्याहरू समाधान गर्न ठूलो भूमिका निर्वाह गरेका छौं । हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूको गुणस्तरीय शिक्षा, सुरक्षित क्याम्पस वातावरण र उचित शैक्षिक शुल्क निर्धारण गर्नु हो ।’
यादवले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसमा थप पुस्तकालय सुविधा, इन्टरनेट कनेक्टिभिटी सुधार, छात्रावास सुविधा विस्तार, र व्यावसायिक सीप विकास तालिमहरू आयोजना गर्ने वाचा गरे । उनले क्याम्पसमा हुने राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको विरुद्ध पनि खडा हुने प्रतिज्ञा गरे ।
अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसको स्ववियूको लागि निर्वाचनमा सभापति पदका लागि रोहित यादवका साथै सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादवलाई उम्मेदवार बनाएको छ । सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भुमेश्वर साहले उम्मेदवारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सचिव पदका उम्मेदवार आयुद्ध अछामीले भने, ‘हामी विद्यार्थीहरूको योग्यता र क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । हामीले उत्तीर्ण विद्यार्थीहरूलाई रोजगारी दिलाउन विभिन्न संस्थाहरूसँग सहकार्य गर्नेछौं ।’
कोषाध्यक्ष पदका उम्मेदवार राजिव यादवले स्ववियू कोषको पारदर्शी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामी विद्यार्थीहरूको हितमा कोषको प्रयोग गर्नेछौं । विशेष गरी आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति र अन्य सहायता प्रदान गर्ने योजना छ ।’
यसैबीच बुधबार निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार यादवले यस घटनाको कडा विरोध जनाउँदै भने, ‘क्याम्पस भित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो । हामी यस प्रकारको घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं ।’
क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
निर्वाचन अधिकृत डा. शुशिल कुमार अधिकारीले आगामी निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । उनले सबै विद्यार्थी संगठनहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।
क्याम्पस प्रमुख डा. दिलीप कुमार श्रेष्ठले यस घटनालाई लिएर चैत ५ गते हुने यस निर्वाचनमा क्याम्पसका करिब ५ हजार ५ सय विद्यार्थीहरू मतदान गर्ने अधिकार रहेको छ ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares