काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चैत २६ मा थाई एयरलाइन्समार्फत काठमाडौँ आइपुगेकी थाई नागरिक २७ वर्षीया कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स–रे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रवक्ता एसपी नारायण अधिकारीका अनुसार पोङ्गसुवानको साथबाट ५ किलो २ सय ग्राम गाँजा बरामद गरिएको छ । अनुसन्धानको क्रममा उक्त लागुऔषध नेपालमै रिसिभ गरी भारततर्फ पठाउने तयारीमा रहेको खुलेको छ ।
गाँजा रिसिभ गर्न आएका थाई नागरिक २४ वर्षीया चोनलादा निनचा तुरत र भारतीय नागरिक ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ । ती दुई जना काठमाडौँ बस्दै आएका थिए ।
प्रहरीका अनुसार उक्त सञ्जालले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेर भारत हुँदै खाडी मुलुकतर्फ पनि लागुऔषध तस्करी गर्दै आएको पाइएको छ । अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न यो सञ्जालबारे थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares