विराटनगर — काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रलाई शनिबारदेखि असार २४ सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी समूहहरूले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रशासनले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा जारी गरेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा शुक्रबार जारी सूचनाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्र केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै पुनः नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म रहेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम तथा राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा यो निर्णय गरिएको हो। प्रशासनले निषेधाज्ञा अवधिभर पाँच जना भन्दा बढी व्यक्ति भेला भइ अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न नपाइने स्पष्ट पारेको छ।
यसअघि राजसंस्थाको समर्थनमा विभिन्न समूहहरूले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यही आधारमा प्रशासनले सम्भावित तनावलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको जनाइएको छ।
#दरबारमार्ग# निषेधित# क्षेत्र#
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares