विराटनगर- दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका छन् ।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कमा थिएनन् ।
खोजतलासको क्रममा उनको शव बिहीबार साँझ बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोभन्दा करिब दुई सय मिटर तल भीरमा फेला परेको प्रहरीको भनाइ छ ।
अर्को घटनामा काभ्रेपलाञ्चोकको बनेपामा नगरपालिका-८ स्थित होटल भ्यू पाहुना घरमा बिहीबार साँझ एक जना महिला मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत महिला पबनेपा-६ बस्ने रामेछापकी २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुलेको छ। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares