२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

पाँच सय दरका नक्कली नेरु नोटसहित एक व्यक्ति पक्राउ

द नेप्लिज संवाददाता
२५ वैशाख २०८२, बिहीबार

विराटनगर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले नेरु ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने हेटौंडा–८ कमाने बस्ने, धादिङ गंगाजमुना गाउँपालिका–२ स्थायी ठेगाना भएका ४२ वर्षीय रामकृष्ण अधिकारी हुन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले महोत्तरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी अधिकारीलाई पक्राउ गरेको हो। प्रहरीले घटनास्थलमै नोटहरू बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

नेपालमा नक्कली नोट कारोबारको घटनाहरू बढ्दो क्रममा छन्। गत वर्ष मकवानपुरकै विभिन्न स्थानबाट ५५ हजार नक्कली नोटसहित पाँच जना पक्राउ परेका थिए। उनीहरूबाट नेपाली एक हजार दरका नक्कली नोटहरू बरामद गरिएको थियो। त्यस्तै काठमाडौँमा ५२ लाख नक्कली नोटसहित नौ जना पक्राउ परेका थिए। उनीहरूबाट नोट छाप्ने मेसिन, प्रिन्टर, ल्यापटप लगायतका सामग्रीहरू समेत बरामद गरिएको थियो। 
 

प्रकाशित : २५ वैशाख २०८२, बिहीबार 18:37

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved