विराटनगर– अमेरिकाले देश निकाला गरेका तीन भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दमक–३, बेलडागी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ हुन् ।
प्रहरी टोलीले शनिबार दिउँसो २ बजे बेलडागी शिविरबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो । अमेरिकाले उनीहरूलाई देश निकाला गर्दै भुटान फिर्ता पठाएको थियो । तर उनीहरु भुटान नगइ पुनः नेपाल फर्केर शिविरमा बसेका थिए ।
प्रहरीको अनुसार उनीहरू झापाकै सीमा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गरेका हुन् । अमेरिकाबाट फिर्ता पठाइएका भुटानीहरू विभिन्न देश हुँदै भारत आइपुगेका थिए ।
भारतले समेत भुटानी शरणार्थीलाई शरण नदिने भएपछि उनीहरू नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । यसै कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निकायहरूले उच्च निगरानी बढाएका छन् । पक्राउ परेका तीन जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अध्यागमन कार्यालय, काँकडभिट्टा बुझाइएको प्रहरीले भनेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares