काठमाडौँ — भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई आयोगले बुधबार राति कागज गराएर उपस्थित हुने सर्तमा छोडेको छ।
बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले बिहीबार आयोगमा उपस्थित हुन निर्देशन दिएको छ। भट्टराई मंगलबार साँझ आकस्मिक रूपमा गृह मन्त्रालयमा सरुवा भएका थिए। त्यसको भोलिपल्टै उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
भट्टराई विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अधिकृतका रूपमा कार्यरत रहँदा मानव तस्कर समूहसँग सेटिङ गरी नेपाली नागरिकलाई विभिन्न देशमा पठाउने गिरोहसँगको संलग्नताबारे उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो।
अख्तियारले अनुसन्धानका क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयबाट कम्प्युटरलगायतका विद्युतीय उपकरण र कागजातहरू समेत नियन्त्रणमा लिएको छ। यस प्रकरणमा सीआईटी कलेजकी कर्मचारी कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र काठमाडौँ हात्तीसारस्थित ट्राभल एजेन्सी ’ग्रीनलाइन होलिडेज’ का सञ्चालक बालकृष्ण खड्काको मोबाइल, ल्यापटप र अन्य कागजातहरू पनि बरामद गरिएको छ।
स्रोतका अनुसार अख्तियारले केही साता अघिदेखि अनुसन्धान गरिरहेकोमा अध्यागमन कार्यालयमै छापा मार्नुपर्ने अवस्था आएपछि गृह मन्त्रालयले भट्टराईलाई हतारमा सरुवा गरेको हो। उनलाई हटाएर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई नयाँ प्रमुख अध्यागमन अधिकृतका रूपमा पठाउने निर्णय गरेको छ।
उजुरी अनुसार भिजिट भिसामा विदेश जान चाहनेहरूसँग सेटिङमार्फत उठाइएको रकम उच्च तहसम्म पुग्ने गरेको पनि उल्लेख गरिएको छ। तर अख्तियार स्रोतले अनुसन्धान जारी रहेको भन्दै थप विवरण दिन नमिल्ने प्रतिक्रिया दिएको छ।
#तीर्थराज# भट्टराई
अर्थ/वाणिज्य
मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददातामुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares