काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता एवं पूर्वपत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ । सांसदसमेत रहेका थापाले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए ।
वैशाख ११ मा लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेका थिए । ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयहरूलाई दुई÷तीन वर्षदेखि ‘तँलाई हान्दिऊँ’ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ,’ उनले भनेका थिए ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares