विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा र बाबुराम भट्टराईले राजा एवं राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरूलाई उनीहरूको असफलताको प्रमाण भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन लायक पनि छैनन् । ती अभिव्यक्तिहरू उनीहरूको हतास मानसिकताको उपज र असफलताको प्रमाण हुन् ।’
थापाले लोकतन्त्रको आवरणमा भइरहेको भ्रष्टाचार र विदेशमा लुकाइएको सम्पत्तिबाट डराएको आरोप पनि लगाएका छन् । उनले जनभावनाको अनादार नगर्न नेताहरूलाई आग्रह गर्दै थपे, ‘जनभावनाको अनादार नगर्न आग्रह गर्दछु ।’
हालैका दिनहरूमा राजा र राजसंस्थाप्रति जनसमर्थन बढ्दै गएको चर्चा भइरहेका बेला प्रमुख दलका नेताहरूले राजसंस्थाविरोधी धारणा सार्वजनिक रूपमा व्यक्त गरिरहेका छन् । कतिपय नेताले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट ’खेद्न’ समेत सकिने अभिव्यक्ति दिएका छन् ।
थापाले यसअघि पनि सामाजिक सञ्जालमा विभिन्न विषयमा धारणा सार्वजनिक गर्दै आएका छन् । उदाहरणका लागि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अवैध संरचना भत्काउने कदमको प्रशंसा गर्दै ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा, सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय छ ।’ यसरी थापाले सामाजिक सञ्जालमार्फत विभिन्न समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्, जसले राष्ट्रिय बहसमा स्थान पाइरहेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares