काठमाडौँ– वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने नाममा रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, सोही नगरपालिका- ३ बसोबास गर्दै आएका काभ्रेपलाञ्चोक पाँचखाल –३ का २९ वर्षीय सुजन गिरी, काठमाडौँ–३ बस्ने पाल्पा रम्भा–५ का ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौँ तार्केश्वर–४ की ३३ वर्षीया सरस्वती देवकोटा छन्।
पक्राउ परेकामध्ये सम्पूर्ण केसीले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट ३५ लाख रुपैयाँ ठगी गरेका थिए। सुजन गिरीले यस्तै बहानामा अर्को पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ लिएका थिए। सिर बहादुर बरालले दक्षिण कोरिया पठाइदिने प्रलोभनमा ७ लाख ५० हजार रुपैयाँ असुलेका थिए भने सरस्वती देवकोटाले यूएई पठाइदिने भन्दै दुई जनाबाट १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सम्पूर्ण केसीलाई ललितपुर महालक्ष्मी–५ बाट मंगलबार, सुजन गिरीलाई काठमाडौँ –३१ बाट बुधबार र सिर बहादुर बराल तथा सरस्वती देवकोटालाई काठमाडौँ–१२ बाट बुधबार नै पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares