विराटनगर– धनुषा प्रहरीले ४ सय ७७ किलो ७४ ग्राम गाँजासहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । साथै विभिन्न जिल्लामा सञ्चालन गरिएको प्रहरी अभियानअन्तर्गत ब्राउनसुगर, ट्रामाडोल, एनारगन, र स्पास्मोजस्ता लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
धनुषाको लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट प्रहरीले शुक्रबार साँझ २४ वर्षीय संजिब स्याङ्तानलाई ४ सय ७७ किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले जनकपुरबाट ढल्केवर जाँदै गरेको म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा लुकाइएको गाँजा फेला परेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
दाङमा ब्राउनसुगरसहित एक जना समातिए
दाङको घोराही उपमहानगरपालिका–१७ कटुवा खोला नजिकबाट प्रहरीले २ ग्राम १६० मिलिग्राम ब्राउनसुगरसहित राजपुर गाउँपालिका–६ गंदीखोला बस्ने २८ वर्षीय दिपक पुनलाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
धरानमा लागूऔषधसहित दुई जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१७ रेल्वे चोकमा बस्ने २९ वर्षीय कमल शाक्यलाई १ हजार ५० ट्याबलेट ट्रामोलसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणमा लागूऔषध फेला पारेको हो ।
त्यसैगरी धरान उपमहानगरपालिका–११ कुर्विता चोक बस्ने २१ वर्षीय कमलहाङ राईलाई करिब सय मिलिग्राम ब्राउनसुगरसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घर तलासी गर्दा लागूऔषध फेला परेको थियो ।
चितवनमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ
चितवनको भरतपुर महानगरपालिका–२ क्याम्पाचौरबाट ५० ट्याब्लेट ट्रामाडोल, ७७ ट्याब्लेट एनारगन, र २९ ट्याब्लेट स्पास्मोसहित २० वर्षीय बादल तामाङलाई पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
झापामा भारतबाट लागूऔषध ल्याउँदै गर्दा युवक समातिए
झापाको भद्रपुर नगरपालिका–५ देबी बस्तीबाट १ ग्राम २५० मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय मोहमद अनारूललाई शनिबार दिउँसो पक्राउ गरिएको छ । प्रहरीका अनुसार उनी भारतबाट साइकलमा लागूऔषध ल्याउँदै थिए । प्रहरीले सबै घटनामा संलग्नहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares