पर्सा – सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट १० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको ठूलो रकमसहित वीरगन्ज महानगरपालिका–१७, अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण, पर्साका नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाका अनुसार वीरगन्ज–१६ स्थित भन्सार कार्यालयअगाडि बीआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकल रोकेर चेकजाँच गर्दा साहको साथबाट १० लाख ५ हजार रुपैयाँ बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीले रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा साहलाई रोकेर सोधपुछ गर्दा उनले उक्त रकमको आधिकारिक स्रोत खुलाउन नसकेको डीएसपी सुब्बाले जानकारी दिए ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको र रकम अवैध हो वा कानुनी रूपमा भित्र्याइएको हो भन्ने विषयमा भन्सार तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरीले कडाइ गरिरहेको छ । सीमा क्षेत्रमा हुण्डी, सुन तस्करी तथा अन्य अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले विशेष निगरानी बढाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares