काठमाडौं– दुबईबाट अवैध रूपमा पठाइएको ४ सय १० वटा विद्युतीय चुरोट (भेप) सहित विभिन्न महँगा सामानहरू प्रहरीले बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रमा शंका लागेर गरिएको निगरानीका क्रममा चार जनालाई पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरका ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीकी २६ वर्षीय सलिना वर्देवा, पर्वतका २४ वर्षीय सौगात क्षेत्री र मोरङका ४६ वर्षीय सुरेन्द्र घिसिङ छन् । प्रहरी अनुसन्धान अनुसार योगेन्द्र र सलिनाले दुबईबाट सामान बोकेर ल्याएका थिए भने सौगात र सुरेन्द्र ती सामान लिन विमानस्थल पुगेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको सुटकेस विमानस्थलको सुरक्षा जाँच र भन्सार पास भइसकेको थियो । प्रहरीको विशेष निगरानीका कारण पार्किङ क्षेत्रमा सोधपुछ गर्दा उनीहरू उक्त सामानबारे स्पष्ट जानकारी दिन सकेनन् । सोधपुछकै क्रममा शंका लागेपछि प्रहरी टोलीले सुटकेस खोली जाँच गर्दा भेपका साथै केही मोबाइल, आइफोन, म्याकबुक, डेल कम्पनीका ल्यापटप र अन्य महँगा सामानहरू फेला पारेको हो ।
फ्लाई दुबईको उडानबाट नेपाल आएका योगेन्द्र भिजिट भिसामा दुबई गएका थिए । फर्किंदा उनलाई अपरिचित व्यक्तिले नेपालसम्म टिकट काटिदिने प्रस्ताव गरेपछि उनले ती व्यक्तिले दिएको सुटकेस ल्याउन सहमति जनाए । उनले उक्त सुटकेसको विषयमा कुनै जिज्ञासा नराखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै सिन्धुलीकी सलिना वैदेशिक रोजगारीका लागि दुबईमा थिइन् । नेपाल स्थायी रूपमा फर्कने क्रममा उनलाई पनि अपरिचित व्यक्तिले काठमाडौंदेखि झापासम्मको प्लेन टिकट उपलब्ध गराइदिने लोभ देखाई सुटकेस ल्याउन आग्रह गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उनले पनि सुटकेसको सामग्रीबारे चासो देखाएनन् ।
सरकारले गत साउनदेखि कुनै पनि माध्यमबाट विद्युतीय चुरोट (भेप) नेपाल ल्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । प्रहरीले बरामद भएको सामान अन्य व्यक्तिहरूको रहेको खुलासा गरेको छ । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरी अवैध तस्करीमा संलग्न व्यक्तिहरूको निगरानी गर्दैछ ।
यसअघि पनि त्रिभुवन विमानस्थलबाट भन्सार पास गराएर भेप नेपाल भित्र्याउने कार्य भएको थियो । भेपमा सुन लुकाएर तस्करी गर्ने गिरोहसँग पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको थियो । हाल पक्राउ परेका चारै जनालाई भन्सार छली तथा अवैध कारोबारको कसूरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ । प्रहरीले यस प्रकरणमा संलग्न अन्यहरूमाथि पनि निगरानी बढाएको जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares