विराटनगर – प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।
बाँकेको खजुरा गाउँपालिका-६, सिमलघारीबाट हिम्मत बहादुर धामी ब्राउनसुगर जस्तो देखिने १०० मिलिग्राम पदार्थसहित पक्राउ परेका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानीबाट १०.७ किलो गाँजासहित अनिल तामाङ र अशोक बल पक्राउ परेका छन्।
त्यसैगरी, हेटौंडाको रातोमाटेबाट ५७.२९ ग्राम खैरो हेरोइनसहित चितवनका कुम बहादुर आले र दिपक परियार पक्राउ परेका छन्। मोरङ, विराटनगर-१५, एक नम्बर ढाँटबाट क्रमशः २.५३ ग्राम र ११.४ ग्राम खैरो हेरोइनसहित उत्तम याख्खा, मातृका सुवेदी, र सुजन खड्का पक्राउ परेका छन्।
कैलालीको धनगढी गेटा एयरपोर्टबाट ६.७ ग्राम चरेशसहित भवन नाथ पक्राउ परेका छन्। नवलपरासी पश्चिम, सुनवलबाट ३५० क्याप्सुल स्पास्मोसहित सुग्रिम भर कुर्मी र छन्नु यादव पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares