विराटनगर– रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र लोडेड कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँगै रहेका ६÷७ जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुलको पश्चिम किनारमा रहेको केरा बगैँचाबाट गौर–४ का २१ वर्षीय सावन गिरीलाई पक्राउ गरेको हो ।
रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गिरीलाई पक्राउ गरिएको र घटनास्थलबाट फरार भएकाहरुको खोजी तीव्र पारिएको छ । पक्राउ परेका गिरीको साथबाट प्रहरीले १०९ किलोग्राम गाँजा, ‘८ एमएम केएफ’ लेखिएको एक थान लोडेड कटुवा पेस्तोल, सोही ब्राण्डका ३ राउन्ड गोली, रियलमी कम्पनीको टचस्क्रिन मोबाइल एक थान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार गिरीमाथि लागूऔषध नियन्त्रण तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares