विराटनगर– नेपालभरिका विभिन्न स्थानहरूमा सोमबार गरिएको प्रहरीको व्यापक अभियानमा १७ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ । काठमाडौं, बुटवल, रूपन्देही, सुनसरी, मोरङ, कञ्चनपुर लगायतका स्थानहरूमा नियन्त्रणमा लिइएका ती व्यक्तिहरूको लागुऔषधसँग सम्बन्धित विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४८ ट्याब्लेटसहित ३२ वर्षीय शंकर थापा मगर र उनका तीन साथीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित ३४ वर्षीय रितेश कुमारलाई थाइल्याण्डबाट नेपाल आएका बेला पक्राउ गरिएको छ । उनी भारतको केरला स्थित रागवती हाउसमा बस्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बुटवल उपमहानगरपालिका–१७ रानिगञ्जबाट २८ वर्षीय करण घर्ती मगर र २६ वर्षीय पवन केसीलाई ३ ग्राम १ सय ८५ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ । इन्द्रजाल प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।
पर्साको बहुदरमाई नगरपालिका–६ भौराटार बस्ने ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई १३ किलोग्राम गाँजा र २ सय ५० ग्राम अफिमसहित पक्राउ गरिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–२ का २४ वर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेटसहित सोमबार दिउँसो पक्राउ गरिएको छ ।
मोरङको विराटनगर–१७ मटेरूवा चोकबाट २ जनालाई खैरो हेरोइन जस्तो देखिने ६ ग्राम १२ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको छ । कञ्चनपुर जिल्लामा पनि २ जनालाई अवैध पदार्थसहित पक्राउ गरिएको छ ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–७, मिलनचोकस्थित मेडिकल संचालक ३२ वर्षीय नन्द बहादुर शाहीलाई ४ हजार ८ सय ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरिएको छ ।
झापाको भद्रपुर नगरपालिका–५ स्थित चेकजाँच क्रममा मेची बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित ३३ वर्षीय भुपेन्द्र लावती र २३ वर्षीय राजिब चौधरीलाई पक्राउ गरेको हो । उनीहरू माई नगरपालिका–५, ईलाम र बिर्तामोड–५, झापाका निवासी हुन् ।
त्यसैगरी विराटनगर–१७ बाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगरसहित २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङलाई पक्राउ गरेको छ । आशिष राई बेलबारी–११, मोरङका र आशिष तामाङ बिराटनगर–१७ का निवासी हुन्। पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूसँगको जाँच प्रक्रिया जारी रहेको र थप तथ्यहरू खुलासा गर्ने प्रक्रिया अघि बढेको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares