विराटनगर – पछिल्ला दुई महिनामा देशमा मानव बेचबिखन, यौनशोषण, अपहरण तथा अन्तर्राष्ट्रिय मानव तस्करीका घटनाहरू भयावह रूपमा वृद्धि भएका छन् । प्रहरीको सक्रियता र अन्तर्राष्ट्रिय समन्वयका प्रयासबीच १५ जना अभियुक्त पक्राउ परेका छन् भने इन्टरपोल रेड नोटिसमार्फत फरार रहेका एकजना प्रतिवादी ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालयहरू, इन्टरपोल शाखा तथा अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूको सक्रियताले पछिल्ला ६ वटा ठूला घटनाहरूमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न सफल भएको छ ।
नेपाल प्रहरीको २०८१ माघ १० देखि चैत २२ सम्मको तथ्यांक अनुसार इन्टरपोलमार्फत १ जना फरार पक्राउ परेका छन् ।
कम्तिमा १० जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । प्रहरीका अनुसार प्रमुख घटनास्थल वीरगञ्ज, काठमाडौँको कलंकी, बालाजु र टोखा थियो । बेचबिखनको अन्तर्राष्ट्रिय गन्तव्य दुबई हुँदै इराक र ओमान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबई, इराक, ओमानजस्ता गन्तव्यमा नेपाली महिलाहरूलाई तस्करी गरी घरेलु श्रमिकको रूपमा बन्धक बनाउने र यौनशोषण गर्ने प्रवृत्ति तीव्र छ । सामाजिक अध्ययनहरुका अनुसार नेपालजस्तो मुलुकमा गरिबी, बेरोजगारी र वैदेशिक रोजगारीको आकांक्षाले महिला र बालबालिका मानव तस्करीको सञ्जालमा पर्न बाध्य छन् । हालसम्मका अनुसन्धानले प्रहरीको सक्रियता देखिए पनि स्थायी समाधानका बारेमा सोच्नु पर्छ ।
मानव बेचबिखन नियन्त्रण ऐनको कडाइपूर्ण कार्यान्वयन, अन्तर्राष्ट्रिय समन्वय र सुराकी प्रणालीको मजबुती, सुरक्षित आवास, मनोवैज्ञानिक सहयोग, पुनस्र्थापना कार्यक्रम, होटल÷गेष्ट हाउस अनुगमन र डिजिटल निगरानी, जनस्तरमा सचेतना र प्रतिरोधी क्षमता विकास जरुरी रहेको सम्बद्ध विज्ञहरुको भनाइ छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares