काठमाडौँ– तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रहरीकै माग अनुसार अनुसन्धानको म्याद तोकेका हुन् ।
प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि समान म्याद थप भएको छ । क्यान्सर रोगी प्रसाईंलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध मिलाउन पनि अदालतले प्रहरीलाई आदेश दिएको छ ।
यसअघि २६ चैतमा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय मागेको हो । भारतको आसाम क्षेत्रमा बिहीबार राति उनलाई नियन्त्रणमा लिइएको थियो ।
प्रसाईंलाई शुक्रबार बिहान भारतबाट झापा ल्याइ पुर्याइएको थियो । झापा प्रहरीमा पक्राउ प्रक्रिया पुरा गरेर दिउँसो काठमाडौँ ल्याइएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइ म्याद थपका लागि अदालत लगिएको थियो ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ मा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गरेका थिए । १५ चैतको प्रदर्शनको क्रममा भएको हिंसामा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares