विराटनगर– विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
महानगर परिसरमा आयोजित कार्यक्रममा प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिएका हुन् । कार्यक्रममा प्रमुख कोइरालाले होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिए ।
होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने प्रमुख कोइरालाको भनाइ थियो । ‘पछिल्लो समय विभिन्न खालका सामाजिक विकृति र विसंगतिले स्थान पाएको भन्ने सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा यस पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रहसमेत गर्दछु,’ प्रमुख कोइरालाले भने,X ‘यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउनेछ भन्ने विश्वास लिएको छु ।’ मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उनको भनाइ थियो ।
कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो । त्यस्तै होलीका गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । महानगरले होलीका अवसरमा हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । यस्तै दशैं, तिहार, तीजसहित महत्वपूर्ण पर्वहरुमा समेत महानगरले शुभकामना आदानप्रदानसहितका विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।
स्थानीय सरकार
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददातामहानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares