विराटनगर– नेपाली कांग्रेस विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय जनाभन्दा बढी युवा तथा तरुण प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका तरुण युवाहरुलाई पूर्वमुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिानाथ माझी, पार्टीका महानगर सभापति दिपक चापागाइँले फूलमाला अबीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा कार्यबाहक सभापति माझी, पूर्वमुख्यमन्त्री कार्की, सभापति चापागाइँले पार्टीलाई चलायमान बनाउन सबैको सक्रीय भूमिका अपरिहार्य रहेको बताएका छन् । उनीहरुले पार्टीको नीति अनुसार टोल टोलमा गतिविधिलाई तिव्रतापूर्वक अघि बढाउनु आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवद्वय मोदराज घिमिरे र ललित श्रेष्ठ, तरुण दल केन्द्रीय सदस्य विष्णु भुर्तेल, तरुण दल मोरङका उपसभापति खेम थापा, मुकेश कार्कीलगायत विभिन्न भातृ सङ्गठनका नेताहरूकोसमेत सहभागिता रहेको थियो।
स्थानीय सरकार
इग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददातामहानगरका जनप्रतिनिधि र कर्मचारीलाई ब्रम्हाकुमारी राजयोगद्वारा खुसीयाली तथा पुनर्ताजगी तालिम
द नेप्लिज संवाददाताजेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त विराटनगर महानगरको भवन प्रयोग योग्य
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares