विराटनगर- भाैतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेकाे बताएका छन् ।
स्वास्थ्य सेवा विभागले विराटनगरमा बुधबार आयाेजना गरेकाे प्रदेशस्तरीय एक स्वास्थ्य समिति स्थापना गर्ने सम्बन्धमा प्रस्तावित समिति उपर छलफल तथा एक स्वास्थ्य रणनीति परिमार्जन कार्यशालामा मन्त्री राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र वातावरण संरक्षण अपरिहार्य रहेकाे बताएका हुन् । यसकाे लागि प्रदेश सरकार नियमित सहकार्य र समन्वय गरेर अघि बढ्न तत्पर रहेकाे उनकाे भनाइ थियाे ।
कार्यशालामा प्रदेशमा मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षण सम्बर्द्धनका लागि प्रदेशस्तरी एक स्वास्थ्य निर्देशक र प्राविधिक समितिकाे संरचना र रणनीति निर्माण बारे छलफल भएकाे थियाे । मानव, पशुपंक्षीमा फैलिने कुनै किसिमकाे महामारी र स्वस्थ्य वातावरण निर्माणका लागि एक स्वास्थ्य निर्देशक समितिले प्राविधिक समितिमार्फत प्रदेशमा आवश्यक स्राेत साधन जुटाएर काम गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकाेटीले बताएका हुन् ।
छलफलपछि स्वास्थ्य मन्त्रीकाे अध्यक्षतामा गठन हुने एक स्वास्थ्य निर्देशक समितिमा उद्याेग, कृषि तथा सहकारी मन्त्री, मन्त्रालयका सचिवहरूलगायत सराेकारवाला रहने प्रस्ताव गरेकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशककाे अध्यक्षतामा सम्बन्धित सराेकारवाला प्राविधिक रहने गरी प्रदेशस्तरीय एक स्वास्थ्य प्राविधिक समिति गठन गर्नेसमेत प्रस्ताव गरेकाे हाे । निर्देशक समितिकाे निर्देशनमा प्राविधिक समितिले प्रदेशभरि काम गर्ने छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकाेटीकाे अध्यक्षतामा सम्पन्न कार्यशालामा उद्याेग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगा, स्वास्थ्य र कृषि मन्त्रालयका सचिवलगायत सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।
स्वास्थ्य
पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला
द नेप्लिज संवाददाताटाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताअस्वच्छ खानाबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय रोग
औषधी व्यवसायी संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares