२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

पोल्याण्ड, बुल्गेरिया, युएई र कोरिया पठाइदिन्छु भन्दै ठग्ने चार  पक्राउ

द नेप्लिज संवाददाता
४ जेठ २०८२, शनिबार

विराटनगर — वैदेशिक रोजगारीका नाममा पोल्याण्ड, बुल्गेरिया, युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा–५ बस्ने दैलेखको भगवतीमाई–१ का ३५ वर्षीय हिक्मत कुमार थापा, काठमाडौँ–२९ बस्ने बाराको आदर्श कोतवाल–८ का ३० वर्षीय जिक्रुल्लाह मिया, टोखा–३ बस्ने नुवाकोट म्यागङ–१ का ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौँ–३० बस्ने ताप्लेजुङको सिदिङ्वा–६का ३५ वर्षीय जिवन कडरीया रहेका छन्।

पोल्याण्ड र बुल्गेरिया प्रलोभनमा ठगी
हिक्मत कुमार थापाले पोल्याण्ड पठाइदिने प्रलोभनमा एक जना पीडितबाट २ लाख १० हजार रुपैयाँ लिएका थिए भने जिक्रुल्लाह मियाले बुल्गेरिया पठाइदिने भन्दै अर्को पीडितबाट ९ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कबिहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

युएई र दक्षिण कोरिया प्रलोभनमा ठगी

त्यस्तै न्याउरे तामाङले युएई पठाइदिने भन्दै दुई जना पीडितबाट २ लाख ६९ हजार रुपैयाँ र जिवन कडरीयाले दक्षिण कोरिया पठाइदिने भन्दै तीन जना पीडितबाट ३ लाख २० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयुबाट खटिएको टोलीले क्रमशः टोखा, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित : ४ जेठ २०८२, शनिबार 20:22

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved