विराटनगर– सिराहाको नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ ।
चार महिनाअघि यौन दुव्र्यवहारको सिकार भएकी सदाय वैशाख २ मा नवराजपुर गाउँपालिका–३, दोनबारीस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे सार्वजनिक चासो बढेपछि मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका लागि समिति गठन गरेको हो ।
डीआईजी लालमणि आचार्यका अनुसार एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी निरीक्षक विक्रम शाह र एक सहायक हवलदार सदस्य छन् ।
पीडित आनन्दीदेवी गत पुस ९ मा बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित दिदीको घर जाँदै गर्दा नरगी भन्ने स्थानमा दुई युवकले बगैंचामा लगेर बलात्कार प्रयास गरेको आरोप छ । पीडितले त्यसबारे किटानी जाहेरी दिएकी थिइन् । तर इलाका प्रहरी कार्यालय महेशपुर पतारले जाहेरी ढिला गरी दर्ता गरेको पाइएको छ ।
डीआईजी आचार्यका अनुसार घटनापछि आरोपी फरार छन् । पीडितको जाहेरीपछि पनि आवश्यक कारबाही नगरेको भन्दै स्थानीयले प्रहरी प्रशासनमाथि बेवास्ताको आरोप लगाएका छन् । मृत्युको कारण र घटनामा प्रहरीले खेलेको भूमिकाबारे छानबिन गर्न समिति गठन गरिएको आचार्यको दाबी छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares