विराटनगर – सरकारी र बैंक वित्तीय संस्थाका नक्कली कागजात बनाउने गिरोहको काठमाडौँस्थित कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ की २३ वर्षीया अन्जु खत्री छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार तारकेश्वर नगरपालिका–७, फुटुङस्थित नक्कली कागजात निर्माण गर्ने कार्यालयमा छापा मारेर पक्राउ गरेको हो।
एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूले सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजात तथा बैंक तथा वित्तीय संस्थाका कागजातहरू नक्कली बनाउँदै आएको खुलेको छ।प्रहरीका अनुसार बयलकोटीले आठ वर्षदेखि नक्कली कागजात बनाउने कार्य गरिरहेका थिए। उनले सवारी चालक अनुमतिपत्रदेखि जग्गाधनी पूर्जासम्म नक्कली बनाउने गरेको पाइएको छ।
यसमा मुख्य योजनाकार बयलकोटी नै रहेको र उनले फुटुङस्थित कोठा भाडामा लिएर दुई सहयोगीसहित सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।उनीहरूले मासिक १० देखि १५ हजार रुपैयाँ तलबमा कामदार राखेर सेवा उपलब्ध गराउँदै आएका थिए। प्रहरीले कारखानाबाट डिपेन्डेन्ट भिसाका लागि आवश्यक पर्ने म्यारिज सर्टिफिकेटलगायत ठूलो संख्यामा नक्कली कागजात बरामद गरेको छ।पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।
#नक्कली
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares