विराटनगर– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउहरूमा काठमाडौँ–३२ बस्ने सिराहा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेश कुमार ठाकुर र ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने धनुषा विदेह नगरपालिका–५ घका २९ वर्षीय विशाल ठाकुर  छन् । 

अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरुको खोजी गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौँ तीनकुनेबाट र विशाललाई  कोटश्वरबाट पक्राउ गरेको हो ।