विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले २००७ को क्रान्तिको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको  बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको आज शुभकामना दिँदै  मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका  संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नु भएको छ ।