विराटनगर- रारा तालको किनारको डाँफे होटलमा बुधबार राति आगलागी हुँदा चार भवन जलेर नष्ट भएका  छन् । 

होटलको ग्यास सिलिन्डर विष्फोट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट काठैकाठको बनेका संरचना पूर्णरुपमा नष्ट भएको छ । सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका राससले जनाएको छ । 

सुरक्षाकर्मीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारेको छ ।