विराटनगर– मोटरसाईकल दुर्घटनामा एक जनाको संखुवासभाको खाँदबारी–९ सालघारीमा मृत्यु भएको छ । प्युठानको सोमंद्वार नगरपालिका– १ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको हो । 

खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश१–०२–०५३प ८१४७ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई  दुर्घटना हुँदा पछाडि  सवार घाइते अधिकारीको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । मोटरसाईकल चालक धर्मदेवी नगरपालिका–६ हुम्जुङका २५ वर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरी रहेको प्रदेश प्रहरीले जनाएको छ ।