विराटनगर– मुटु सम्बन्धी समस्या देखिए पछि पूर्वयुवराज पारश शाह आइतबार बेलुकी काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । 
शाहलाई यसअघि विभिन्न समयमा तीन पटक हृदयाघात भइसकेको छ । खतरामुक्त रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम सहभागी छ ।