विराटनगर– पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाडी समुदायले गर्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकासँग भएको सम्झौता बदर भएको छ । मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले बिहीबार सम्झौता बदर गर्ने फैसला गरेको हो । 

पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ मा भएको सम्झौतालाई कोषले २०८० साउन १७ मा एकतर्फी रूपमा भंग गरेको थियो । समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ र पूर्व सम्झौताको यथावत् परिपालना गरि पाउ भनी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

गत असोज १६ मा समितिको दाबी नपुग्ने गरी फैसला भयो । त्यसपछि असोज २२ मा कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय र सम्झौता गरेको थियो । उक्त रिट माथि भएको सुनुवाइमा उच्च अदालत पाटनबाट मारवाडी सेवा समिति नेपालको माग दाबी बमोजिम रिट जारी भइ न्याय प्राप्त भएको समिति पदाधिकारीहरुले बताएका छन् ।