विराटनगर- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार गरेको अभियोगमा 
विशेष अदालतले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । 

एमडीएमएस खरिदमा लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेको कसुरमा दोषी ठहर गर्दै १३ महिना कैद सजाय र ५ करोड ८० लाख रुपैयाँ बिगो जरिवाना तिराउने फैसला गरेको हो । 

न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले पूर्वअध्यक्षहरू झा,  खनाल र  न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई १ वर्ष कैद सजाय र दामासही रूपमा जनही ५ करोड ८० लाखका दरले कुल २३ करोड २० लाख रुपैयाँ बिगो जरिवाना भराउने फैसला गरेको हो ।  झा र खनाल संस्थाको प्रमुख भएको हुँदा थप एक महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ