विराटनगर– हत्या आरोपमा एक नाबालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने सर्लाही बागमती ढुंगेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानीका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोककी २० वर्षीया पुजा परियार र एक नाबालक रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर–७ नामी कलेज नजिक बागमती खोला बीचमा बोरा भित्र अन्दाजी ३५ वर्षीया महिलाको शव शनिबार दिउँसो फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतंबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ । हत्याको कारण, आरोपी र पीडितबीचको सम्बन्धको बारेमा प्रहरीले खुलाएको छैन ।