विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले धनपालथानका आगलागी पिडितलाई बिहीबार राहत वितरण गरेको छ । संघले आगलागी पिडितलाई भुजा, च्इाउच्याउ, झुल, विद्यार्थीहरुलाई कपी, डटपेन, पेन्सिललगायका राहत सामग्री वितरण गरेको हो ।
संघ मोरङ अध्यक्ष देशबन्धु ढकालले धनपालथान गाउँपालिका अध्यक्ष जीवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानोलगायत वडाध्यक्षहरुको उपस्थितिमा रहत सामग्री हस्तान्तरण गरेको बताए । आगलागी पिडितले भने आफूहरुलाई घर निर्माण अति आवश्यक रहेकोले घर निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागी हुँदा मंगलबार घर भित्र रहेकी उनकी ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । आगलागीबाट स्थानीय १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको हो ।