सुनसरी– धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले शुक्रबार राजावादी र गणतन्त्रवादीलाई आक्रोशपूर्ण कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूलाई ढुंगा बोक्नको लागि आह्वान गरेका छन् । मेयर राईका अनुसार पूर्वराजा र राजनीतिक नेताहरूले कुनै पनि ठोस काम गरेका छ्रैनन् ।
उनले व्यंग्य गर्दै भनेका छन्,‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुंगा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !’ यो भनाइले राजनीतिक वृत्तमा चर्चा र बहस सिर्जना गरेको छ । केहीले यसलाई मेयरको व्यंग्यपूर्ण टिप्पणीको रूपमा लिएका छन् भने अरुले यसमा गम्भीरता दर्शाउँदै प्रतिक्रिया जनाएका छन् ।